जसपाले एमसिसी विरुद्ध सदनमा सांसदलाई ह्वीप नलगाउने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले एमसीसीबारे आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ। पार्टीमा अध्यक्ष उपेन्द्र यादव समूह एमसीसीको विपक्षमा देखिएपनि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसीको पक्षमा देखिएको र उक्त समूह बहुमतमा रहेकोले एमसीसीबारे ह्वीप नलगाउने जसपाको तयारी छ ।

बाबुरामले एमसीसी बिना शर्त पारित गराउनुपर्ने आवाज उठाउँदै आएका छन् । निकै विरोध र विवादका बावजुद एमसीसी सदनमा टेबुल भएको छ । अब प्रतिनिधिसभाको बैठक फागुन १२ गते दिउँसो १ बजे बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *