एमसीसीमा सत्ता गठबन्धनले तमासा देखाए : सचिव बिष्ट

काठमाडौं ! नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले एमसीसीका सम्बन्धमा सत्तारुढ दलहरुले तमासा देखाएको आरोप लगाउनु भएको छ । गृहजिल्ला गुल्मीमा आयोजित एक कार्यक्रममा बिष्टले एमसीसीबारे केही सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाउनु भयो ।

गुल्मीको मुसिकोट नगरपालिका–३ स्थित पाउखोला पेंगा लिफ्टिङ्ग खानेपानी योजना उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनु भएका बिष्टले भन्नुभयो, ‘सरकारले संसदमा एमसीसी टेबुल गरेको छ, त्यही सरकारमा रहेका केही राजनीतिक दलले सडकमा विरोध गरिरहेका छन् । यो भनेको सत्तारुढ दलको तमासा नै हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *