एमसिसीमा प्रचण्ड युटर्न : सदनमा टेबुल गर्न एकाएक तयार

काठमाडौँ – नेकपा माओवादी केन्द्रमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्न सहमति जुटेको छ । आज प्रतिनिधि सभाको बैठकमा एमसीसीलाई टेबल गर्न सत्तासाझेदार दल माओवादी केन्द्रका नेताहरुबीच सहमति जुटेको हो ।
माओवादी केन्द्रका एक नेताका अनुसार हाललाई गठबन्धन जोगाउन टेबल गर्न दिने तर, पक्षमा भने मतदान नगर्ने सहमति भएको जानकारी दिए ।
अहिले बालुवाटारमा सत्ता गठबन्धनको बैठक पनि सकिएको छ र सो बैठकले पनि एमसिसी सदनमा टेबुल गर्ने निर्णय गरेको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *