सदनमा एमसिसी टेबुल गर्न प्रचण्ड – माधव सहमत

काठमाडौं ! सत्ता गठबन्धनमा भएको लामो रस्साकस्सीपछि एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत भएका हुन्।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक जना उच्च नेताले एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल अन्ततः सहमत भएको बताए।
‘एमसीसी संसदमा टेबल गर्ने विषयमा २–३ दिनदेखि गठबन्धनमा चलिरहेको छलफल निष्कर्षमा पुगेको छ, भोली संसदमा टेबल हुन्छ’, कांग्रेसका ती नेताले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *