गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्छ : नेता कोइराला

काठमाडौं ! सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक काइरालाले सत्ता गठबन्धन टुटे पनि एमसीसीलाई संसद्‍बाट अनुमोदन गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि ‘एमसीसी त्याग्ने’ वा ‘गठबन्धन बचाउने’ दुई विकल्प मात्रै रहेको भन्दै गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्ने बताउनु भयो ।

शुक्रबार संसद्‍ बैठक स्थगित भएपछि नेता कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो । नेता कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्ने पक्का रहेको दाबी समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *