एमसिसी आज जसरिपनि पेश हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी जसरी पनि प्रतिनिधिसभाको बैठकमा टेबल गर्न बताएका छन् ।

बिहीबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले आज बस्ने प्रतिनिधिसभाका बैठकमा एमसीसी सम्झौता जसरी पनि पेश गर्ने अडान राखेका हुन् । उनले भनेका थिए- ‘तपाईँहरु जे सुकै गर्नुहोस्, सरकारले पेश गर्छ ।’

कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि एमसीसी संसदमा पेश गर्नुपर्ने बताएका थिए । उनले गठबन्धन पनि जोगाउनुपर्ने र कम्तीमा एमसीसी टेबल गर्नुपर्ने बताएका थिए ।

यता, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका थिए । त्यसपछि गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *