संसदमा जबर्जस्ती एमसीसी टेबुल गर्न खोजे माओवादी सरकारबाट बाहिरिने निर्णय

काठमाडौं ! नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा अमेरिकी विकास परियोजना एससीसी पारित नगर्ने निर्णय गरेको छ ।

बुधबार संसद बैठक सुरु हुनुअघि बसेको माओवादी बैठकले सरकारले जबर्जस्ती संसदमा एमसीसी टेबुल गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

दलकाे बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एमसीसीमा जबर्जस्ती गरे सरकार छाड्ने जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *