संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी

काठमाडौंः संघीय संसद सचिवालयले बुधबारको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन । सरकारले एमसीसी भोलिको बैठकमा टेबल गर्ने तयारी भए पनि कार्यसूचीमा भने यो एजेण्डा छैन । कार्यसूचीमा प्रतिवेदन पेश र शोक प्रस्तावमात्रै उल्लेख छ ।
कार्यसूचीअनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेश गर्नेछन् ।
यस्तै,सभामुखले शोक प्रस्तावहरु प्रस्तुत गर्नेछन् । नेपाली कांग्रेसका संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रकट गर्ने कार्यसूची छ । यस्तै, नेकपा एकीकृत समाजवादीका लक्ष्मीदास मानन्धर र दुमन सिंह चापाको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्ने कार्यसूची छ ।
यसैबीच बैठकको एजेण्डा तय गर्न भोलि विहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा एमसीसीलाई एजेण्डा बनाउने विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *