आलटाल नगरी संसदबाट एमसीसी पारित गरौं : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गर्नुपर्ने दोहोर्‍याएका छन्। मध्यराति ट्वीट गर्दै उनले आलटाल नगरी अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन्।

सबैले जनतालाई एमसीसी बारे बुझाउनुपर्ने बताउँदै भट्टराईले यही बहानामा प्रतिगमनविरोधी गठबन्धन टुटाउनु नहुने धारणा राखे। उनले भने,‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाउँ ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि नबढाए गठबन्धन टुट्ने संकेत गरेपछि भट्टराईले गठबन्धन टुटाउन नहुने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *