राप्रपाले एमसिसीको विरुद्धमा आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध विरोध गर्ने भएको छ ।

सोमबार केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्षहरु र भातृ संगठनका अध्यक्षरप्रतिनिधिको संयुक्त बैठकले एमसीसीका केही प्रावधान राष्ट्रहितमा नरहेको निष्कर्ष निकालेको हो ।

एमसीसीबारे सरकारले राजनीतिक दलका बीचमा समझदारी कायम नगरेको, राष्ट्रहित विपरितका केही विवादास्पद प्रावधान संशोधन नगरिएको, सिंगो देश र जनतालाई विभाजित गरेको भन्दै देशभन्दा ठूलो एमसीसी नभएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार २१ वटा भ्रातृ संगठन फागुन ४ गतेदेखि राजधानीमा संयुक्त रुपमा विरोध प्रदर्शनमा उत्रिँदैछन् । पहिलो दिन बबरमहलबाट शुरु हुने र्‍याली बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *