रास्वपाकी सांसद सोविता गौतमले गरिन् विवाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले विवाह गरेकी छन् ।

नाताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जा गृहेन्द्र घिमिरेसँग गौतमले सुटुक्क विवाह गरेकी हुन् ।

गृहेन्द्रसँग लामो समय प्रेमसम्बन्धमा रहेकी सोविताले प्रेमलाई विवाह परिणत गरेकी हुन् । स्थायी घर चितवन घर भएका गृहेन्द्र र सोविताले सानो जमघटमा प्रणयसुत्रमा बाँधिएर दुवैजना जापान गएको बुझिएको छ ।

साथै, सोविताले पार्टीलाई पनि केही दिनका लागि जापान गएको जानकारी दिएकी छन् । हठातमा भएको सोविताको विवाहबारे पार्टीमा धेरैलाई जानकारी नरहेको पनि बुझिएको छ ।

सोविताको पारिवारिक स्रोतअनुसार गएको साता उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । तर, दुवै पक्षले विवाहका तस्वीर भने बाहिर सार्वजनिक गरेका छैनन् ।

२८ वर्षिया सोविताले गएको मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचन जितेकी हुन् । उनी कानुनकी विद्यार्थीसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *