माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।  बैठक आज (आइतबार) बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार बैठक आज र भोलि दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।

समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुने जनाइएको छ।