माओवादी केन्द्रको संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उक्त बैठक सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।

‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरूका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।