माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं ! माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक मंगलबार बोलाइएको छ ।  राष्ट्रिय सभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा सरकार र गठबन्धनका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।