काठमाडौंमा माओवादी महाधिवेशन जारी, उता कंचनपुरमा माओवादी नेता-कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं ! माओवादी केन्द्र र नेपाली कांग्रेसका ५० जना भन्दा बढी नेता–कार्यकर्ता आइतवार नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । शुक्लाफाँटामा आयोजित कार्यक्रममा नव प्रबेशीहरुलाई एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्यद्धय नरबहादुर धामी र कृपाराम रानालगायतले उहाँहरुलाई स्वागत गर्नुभयो।

काठमाडौंमा माओवादी केन्द्रको आठौं महाधिवेशन चलिरहेको समयमा माओवादी परित्याग गरि उहाँहरु एमाले प्रवेश गर्नुभएको हो।

शुक्लाफाँटा नगरपालिका–६ का खडकसिंह साउँदसहित माओवादीका ३२ जना कार्यकर्ता एमाले प्रबेश गर्नुभएको छ । साउद सहीद परिवारका सदस्य हुनुहुन्छ । ‘जनयुद्ध’ मा उहाँले आफ्नो छोरा गुमाउनु भएको थियो । अखिल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्यसमेत रहनु भएका साउँदले माओवादीमा व्यक्तिगत स्वार्थ हाबी भएको र बिगतमा पार्टीका लागि ठूलो योगदान गरेका व्यक्तिहरुको अबमूल्यन भएपछि पार्टी छाडेको बताउनु भयो ।

यस्तै कांग्रेसको शुक्लाफाँटा नगरपालिका–६ का तरुण दल सभापति चक्र साउद, शिक्षक संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि नव उपाध्यायलगायत पनि एमाले प्रबेश गर्नुभएको हो । एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराका अनुसार माओवादी र कांग्रेसका बिभिन्न समितिमा बसेर सक्रिय राजनीति गरिरहेका नेता–कार्यकर्ताहरु स्वस्फूर्त रुपमा प्रबेश गर्नुभएको हो ।

प्रवेश गर्दै उहाँहरुले देश र जनताका लागि सोच्ने पार्टी एमालेमात्र देखिएकाले आफुहरुले एमाले रोजेको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *