प्रचण्डको प्रतिवेदन सोझा जनतालाई फेरी ठग्ने उपाय मात्रै हो :लोकेन्द्र बिष्ट मगर

काठमाडौ ! नेकपा मओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । अध्यक्ष प्रचण्डले पार्टीलाई जनता सँग जोड्ने भन्दै प्रतिवदेन ल्याएका छन् उनले अहिले आफुले ल्याएको प्रतिवेदनले राजनितिक कोर्सनै बदल्ने दावी गरेका छन् तर प्रचण्डको बोलीमा धेरैले विश्वास गर्ने अवस्था देखिएको छैन ।

माओवादी जनयुद्धमै होमिएर नेतृत्व गरेका र पछिल्लो समय माओवादी आन्दोलन बाट विरत्तीएर ड्रायगन खेतितिर लागेका पूर्वमाओवादी नेता लोकेन्द्र विष्ट मगर भने प्रचण्डले ल्याएको प्रतिवेदन सुन्दा मिठो सुनिए पनि व्यवाहिक प्रयोग गर्ने नसक्ने ठाउँमा माओवादी पुगेको दाबी गरेका छन् ।

चिल्ला र मिठा कुरा गर्न प्रचण्ड सिपालु भएको भन्दै विष्टले व्यवहारमा प्रचण्डलेनै प्रयोग नगर्ने जिकिर गरेका छन् । प्रचण्ड सम्पुर्णत दलालहरुको कब्जामा पुगेको भन्दै विष्ट त्यो घेरा तोडेर उनी निष्कन गारो हुने बताएका छन् । विष्टले इमान्दार कार्यकर्ता प्रचण्डलाई भेट्नै नपाउँन तर दलालहरुले प्रचण्डको ओच्छ्यान सम्मै पुग्ने अवस्था रहको बताएका छन् ।
कुरा राम्रा त माओवादीको पहिलेका महाधिवेशनमा पनि भएको तर त्यसको कार्यान्वयन हुन नसकेको उनले भनेका छन् । हेटौँडा महाधिवेशनमा आफु पनि सहभागी भएर निकै जमेर बहस भएको स्मरण गर्दै उनले कुरा मात्रै मिठा र चिल्ला गर्ने तर काम नगर्ने प्रवृती माओवादीमा रहको बताएका छन् । अहिले पनि प्रचण्डको प्रतिवदेन पढेर दुनियाँ सिरियस छैन बरु हासिँरहेको विष्टले भनेका छन् ।

महाधिवेशनले राम्रा(राम्रा कार्यक्रम पारित गरेको पनि थियो । अहिले पनि अध्यक्ष प्रचण्डज्यूले त्यस्तै मीठा कार्यक्रम ल्याउनुभएको छ रे भन्ने सुनेको छु । तर कसले के बोल्छन्, कसले कति राम्रो बान्की परेका वाक्य लेख्छन् भन्ने कुराले त्यस्तो अर्थ राख्दैन । सुन्न र पढ्नमा त त्यो मजा हुने भयो तर मुख्य कुरा त काम नै हो । तर पार्टीमा ठूला कुरामात्रै हुन्छन्, काम हुदैन भन्ने बुझ्न त हेटौंडा महाधिवेशन यताको माओवादी हेरे छर्लंग भइहाल्छ । बिष्टले भनेका छन् ।

हेटौंडाबाट जे कुरा पास भयो, त्यो त लागू भएन । लागू नभएपछि असर गर्यो पार्टीलाई । मजस्ता मान्छेहरु निस्किन पर्ने भयो किन भने मैले त्यहाँ काम गर्ने ठाउँ नै पाइनँ । विष्टले अगाडी भनेका छन् मैले के सोचे भने राजनीतिक मात्रै नभइकन उत्पादन र श्रमसित सम्बन्धित कामका लागि पार्टीले अगुवाइ लिन्न भने पार्टीका नेता कार्यकर्ता कोही काम लाग्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *