माओवादी पार्टी कमजोर हुनुमा आफु दोषी : अध्यक्ष दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी कमजोरमा हुनुमा मुख्य दोषी आफैं भएको बताउनु भएको छ । आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँ ले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरेको बताउनु भएको छ ।

उहाँले जनयुद्धदेखि अहिलेसम्म आइपुग्दा धेरै वटा घटनामा आफू नेतृत्व गरेको र अहिले माओवादी केही कमजोर भएको महसुस भएको बताउनु भयो । ‘जनयुद्धको तयारीदेखि त्यसको सञ्चालनसम्मको नेतृत्व गरेँ । १२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी भएँ । संविधानसभा निर्माणदेखि संविधान निर्माण भयो । सरकारको नेतृत्व गरेँ’ दाहालले भन्नुभयो, ‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना होइन,आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *