काठमाडौं ! पदाधिकारीमा धेरैको दाबी देखिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संख्या बढाउने तयारी गर्नु भएको बुझिएको छ । उहाँले स्थायी कमिटीमा ७ उपाध्यक्षसहित १५ पदाधिकारीको प्रस्ताव गर्नु भएको हो । हिजो शुक्रबार पेरिसडाडामा बसेको स्थायी कमिटी बैठकमा उहाँले यस्तो प्रस्ताव गर्नु भएको हो।
एक वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ३ सचिवको प्रस्ताव गर्नु भएको बुझिएको छ । ११ पौष देखि राष्ट्रिय सम्मेलन गर्नु अघि प्रचण्डले पदाधिकारी बढाउने तयारी गरेका गर्नु भएको छ । सम्मेलनबाट उहाँ सर्वसम्मत अध्यक्ष हुने प्रायः निश्चित छ।