माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं !  सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शनिबार पनि बस्दैछ। बैठक कमलादीस्थित प्रज्ञा भवनमा आज बिहान ११ बजे सुरु हुनेछ।

बुधबारदेखि केन्द्रीय समिति बैठक सुरु भएकाे हाे। बैठककाे आज चाैंथाे दिन हाे।  बैठकमा नेताहरूले आफ्नाे धारणा राख्ने क्रम जारी छ।

बिहीबार र शुक्रबारको बैठकमा ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन्। बाँकीले आजको बैठकमा आफ्ना भनाइ राख्नेछन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका हुन्।

हरेक सदस्यलाई बोल्न ५ मिनेटको समय दिइएको छ। निर्धारित समयपछि माइक अफ हुनेछ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी मंसिरमा हुने विधान सम्मेलन, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीको बारेमा समेत छलफल चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *