माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजपनि

काठमाडौं !  सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्दैछ। बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्नेछ। ‍

केन्द्रीय समिति बैठक बुधबारबाट सुरु भएकाे हाे। हिजाेकाे बैठकमा केन्द्रीय समितिका ३८५ जना सदस्य, वैकल्पिक केन्द्रीय सदस्य १९६ जना, पार्टीले गरेको १० प्रदेशका पदाधिकारी ९० जना, ३ वटा आयोग (अनुशासन, लेखा र निर्वाचन) का ४१ जना सदस्यहरू सहभागी भएका थिए।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पेस गरेकाे प्रतिवेदनमा नेताहरूले धारणा राख्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *