माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं ! नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। बैठक आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बस्न लागेकाे हाे।

केन्द्रीय समिति बैठकअघि स्थायी समिति बैठक ८ बजे बस्दैछ। पार्टी मुख्यालयमा बस्ने स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल’ गर्नेछ।

केन्द्रीय समितिको बैठकमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

केही दिनअघि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको सिको गर्दै माओवादीले पनि बैठक लाइभ गर्ने भएको छ। बैठक लाइभ गर्ने निर्णयप्रति केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *