माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने

काठमाडौं ! नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *