काठमाडौं। नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो।
उक्त बैठकबाट संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुने जनाइएको छ। यता बालुवाटारस्थित सभामुख निवासमा पनि तीन दलका शिर्ष नेताहरुको बैठक चलिरहेको छ।