कोशी प्रदेश सरकारबाट माओवादी नबाहिरिने

काठमाडौं ! नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने बताएका हुन् ।

विराटनगरस्थित प्रदेश सभा भवनमा पत्रकार सम्मेलन आयोजना गरी संसदीय दलका नेता आङ्बोले कोशी प्रदेशमा अन्य प्रदेशको जस्तो राजनैतिक अवस्था नभएको र विशेष परिस्थिति रहेकाले सरकारबाट फिर्ता हुने सम्भावना पनि नभएको बताए ।

उनले कार्की नेतृत्वको सरकारलाई ६० जना सांसदको समर्थन रहेकाले वैकल्पिक सरकारबारे सोच्न नसकिने बताए ।

कोशी प्रदेशमा ४० सिटसहित एमाले बलियो छ । एमाले सरकारलाई समर्थन गरेको राप्रपाको ६ सिट छ ।

माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि कोशीमा माओवादी गठबन्धनको सरकार बन्ने सम्भावना न्यून छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *