माओवादी धारका पार्टीहरुको बैठक सकियो : यस्ता छन् निर्णयहरु

काठमाडौं ! माओवादी धारका पार्टीहरुले संयुक्त अन्तरक्रिया गर्ने भएका छन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकले युद्धकालिन घटनाका मुद्दा ब्यूँताउने षडयन्त्र भएको भन्दै संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको हो । अन्तरक्रिया फागुन ३० गते काठमाडौंमा हुने भएको छ ।

त्यस्तै पछिल्लो घटनाक्रमबारे माओवादी धारका दलले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन पनि गर्ने भएका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री दाहालले माओवादी युद्धका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिने भनेर दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि पूर्व माओवादी एकजुट भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *