छुट्टिएका माओवादीहरुको बैठक बस्दै

काठमाडौं ! नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ।

 

 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन्। गत मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो।

उक्त बैठकमा प्रचण्डले माओवादी धारका नेताको साथ खोजेका थिए। सर्वोच्च अदालतको आदेश आफूमा मात्र केन्द्रित नरहेको भन्दै उनले सबै नेता तथा दल एकजुट हुनु पर्ने बताएका थिए।

द्वन्द्वकालमा ५ हजार मारिएका नागरिकको जिम्मा लिने उत्तेजक भाषण गरेपछि उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ। सोही मुद्दाका कारण माओवादी धारका नेताहरु एकै ठाउमा उभिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *