अदालतमा मुद्दा परेपछि तर्सिएको माओवादी धारको बैठक जारी

काठमाडाैँ । आज माओवादी धारका नेताहरुको संयुक्त बैठक  ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएकाे छ ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा कुराकानी हुने बताइएको छ । सर्वोच्च आदलतले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन वर्ष पहिला सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरुको बैठक पहिलोपटक संयुक्त रुपमा बस्न लागेको हो ।

केही दिनअघि भएको एक कार्यक्रममा पनि माओवादी धारका नेताहरुले प्रधानमन्त्रीविरुद्धको मुद्दामा माओवादी चुप लागेर नबस्ने चेतावनी दिइसकेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *