माओवादी केन्द्रले टुंगो लगायो १४ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँः नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सदस्यको टुंगो लगाएको छ। सो पार्टीले १४ जना सांसद पाएको थियो।

जसमध्ये अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ महिला र २ पुरुषको नाम छनोट गरेका छन्। माओवादीबाट सांसद चुनिनेहरुमा आदिवासी जनतातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ छन्।

खसआर्यतर्फ हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नरायणी शर्मा चयन भएका छन्। थारुतर्फ रुपा सोसी चौधरी चयन भएकी छन् भने दलिततर्फ रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी छानिएका छन्। त्यस्तै, मधेशीतर्फ मीना यादव र उमरावती देवी यादव चयन हुँदा मुस्लिमतर्फ कल्पना मियाँ छनोट भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *