जनार्दन शर्माद्वारा पार्टीको उपमहासचिव पद अस्वीकार

काठमाडौं । अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफुले पाएको उपमहासचिव पद अस्वीकार गर्नुभएको छ ।

आज बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको जनाउनु भएको छ ।

केहि समय अघि माओवादी केन्द्रमा बर्षमान पुन र जनार्दन शर्मा बिच महासचिव पदका लागि प्रतिस्पर्धा थियो। दुई नेताको तीब्र प्रतिस्पर्धा देखेर अध्यक्ष प्रचण्डले तेस्रो व्यक्ती देव गुरुङलाई महासचिव बनाएर उहाँहरुलाई उपमहासचिवको जिम्मेवारी दिनुभएको थियो। उक्त जिम्मेवारबाट पनि असन्तुष्टि पोख्दै आउनु भएका शर्माले आज सार्वजनिक रुपमै आफुले उक्त पद अस्वीकार गरेको जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *