प्रचण्डको गृहजिल्लामा माओवादी परित्याग गर्नेको लर्को : जिल्लाका नेता कार्यकर्ता एमालेमा प्रवेस

काठमाडौ ! चितवनमा नेकपा एमाले प्रति दिन प्रतिदिन आकर्षण वढ्ने क्रम रहेको छ । नेकपा माओवादीका जिल्ला सदस्यहरु एक पछि अर्को गर्दै एमाले प्रवेश गरिरहेका वेला शनिवार राप्ती नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि ४५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष,नेकपा माओवादी केन्द्रका नेता,वाईसियल,एकिकृत समाजवादीका वडा सदस्यहरु ,नेपाली काग्रेशका कार्यकर्ता रहेका छन् ।

No description available.
नेकपा एमाले राप्ती वडा नम्वर २ वडा कमिटिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष शिवराज कडेंल,राप्ती २ वाईसियल सहइन्चार्र्ज सागर चाम्लिङ राई,एकिकृत समाजवादी वडा नम्वर २ युवा संघ अध्यक्ष यहुन्ना स्यानतान ,नेकपा माओवादी केन्द्र राप्ती २ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा,समावादीका वडा सदस्यहरु पुकार राई,पवन राई,प्रसुन राई,काग्रेश प्रतिनिधी रमा उप्रेती वन्जरा लगायत एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे,नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं् पूर्व मन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गरे । वडा कमिटि अध्यक्ष दुर्गा वहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्यहरु इमानसिंह लामा,गोविन्द कडेंल,प्रभा बराल,श्यामलाल विश्वकर्मा, राप्ती २ वडाध्यक्ष श्यामसुन्दर उप्रेती ,युवा नेता कमल पाठक,महिला नेतृहरु पुष्पा कुँवर,दिलकुमारी थिंङ,आईतीमाया दराई,युवा नेता निर्देशन त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *