माओवादीले आजपनि पदाधिकारीको टुंगो लगाउन सकेन

काठमाडौं ! नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ । शुक्रवार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने भनिएको थियो ।

शुक्रवारको बैठकमा पदाधिकारीका बारेमा सामान्य छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जानकारी दिए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पदाधिकारीका बारेमा बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *