माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्यो

काठमाडौं : बिहान ९ बजेका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ।

बैठकको तयारी नपुगेको भन्दै बिहीबार अपरान्ह ४ बजेका लागि सारिएको बताइएको छ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको घोषणा गर्ने तयारी रहेको छ।

बुधबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी सदस्य, पोलिटव्यूरो, स्थायी कमिटी, पदाधिकारी नियुक्तिबारे छलफल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *