प्रचण्डको पोलिटव्युरो प्रस्तावमा बैठक हल भित्रैबाट चर्को विरोध

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सय २५ सदस्यीय पोलिटब्युरो सदस्यको नाम पढेपछि केन्द्रीय कमिटी बैठकमा चर्को विरोध भएको छ ।

प्रचण्डले आफू निकटका व्यक्तिलाई मात्रै समावेश गरेर पोलिटब्युराे सदस्य नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । कमलादीको प्रज्ञा भवनमा चलिरहेको बैठकमा केही सदस्यले हलबाटै ‘सधैँभरि हामीले मात्रै त्याग गर्नुपर्ने, हामीले कहिल्यै अवसर नपाउने हो ?’ भन्दै प्रश्न गरेका छन् । विवाद भएपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

यही असार १९ गते आइतवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा त्यही दिन र सोमवार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *