माओवादीमा पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन जिम्मा प्रचण्डलाई

काठमाडौं ! नेकपा माओवादी केन्द्रको पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई जिम्मा दिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यको बैठकले पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अख्तियार दिएको हो ।

‘पार्टी केन्द्रीय समिति बैठकमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन नेताहरूले निक्कै दबाब दिए । त्यसपछि प्रचण्ड कमरेड निवास खुमलटारमा पूर्व स्थायी समिति सदस्यहरू बसेर छलफल भयो । नेताहरूले पदाधिकारी सहित सबै कमिटी फाइनल गर्ने विषयमा आ–आफ्नोतर्फबाट सुझाव दिनुभयो’ पूर्व स्थायी समिति सदस्य गणेश शाहले भने,‘पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने सबै अधिकार अध्यक्षलाई दिएका छौँ । उहाँले सबै पदमा नाम प्रस्ताव गर्नुहुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *