माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं ! नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दैछ । आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि  खुल्ला छलफल हुने कार्यसूची तय छ ।

आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् । आइतबारको बैठकमा छलफलका लागि ९ बुँदे प्रस्ताव पेश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *