माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आज केन्द्रीय समिति बैठक बस्दैछ । महाधिवेशन सम्पन्न भएपछि पटकपटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो ।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन् ।

आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेका छन् । गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

त्यस्तै केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *