माओवादी केन्द्रले आफ्नो घोषणापत्र जारी नगरेर काङ्ग्रेसको घोषणापत्र स्वीकार्यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र पनि बनाउन नसकेको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा एमालेको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा आज उहाँले माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार गरेको बताउनु भयो ।

‘माओवादी केन्द्रको हालत के छ भने उसले आफ्नो राष्ट्रिय चुनावी घोषणापत्र सार्वजनिक गर्ने हैसियत पनि गुमाएको छ, उसको घोषणापत्र के हो भन्दा नेपाली कांग्रेसको छातामुनि चुनाव लड्ने भएपछि कांगेसको घोषणापत्र माओवादीको घोषणापत्र बन्न पुगेको छ’ उहाँले भन्नुभयो ।
माओवादी केन्द्र अब कांग्रेसको छत्र छायाँमा चुनाव लड्ने र कांग्रेसको सहयोगी दल बनेको महासचिव पोखरेलले टिप्पणी गर्नुभयो ।

माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनको सन्दर्भमा आफुले घोषणापत्र जारी नगर्ने जनाएको थियो। माओवादी केन्द्रको उक्त घोषणाप्रति प्रमुख प्रतिपक्षी दलले माओवादी विलिन अवस्थामा पुगेकोले आफुले घोषणापत्र समेत निकाल्न नसकेको टिप्पणी गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *