माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डकी बुहारी सिर्जना पोखराको उपमेयरमा सिफारिस

काठमाडौं ! नेकपा माओवादी केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ ।  महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन् ।

पोखरा महानगरको सोमबार बसेको बैठकले मेयर र उपमेयरको लागि नाम प्रस्ताव गरेको थियो । बैठकले मेयरको लागि माओवादी कास्की संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रस्ताव गरेको छ।

उपमेयरमा गोमा ढकाल, सूर्यप्रकाश त्रिपाठी र त्रिपाठी सिर्जनालाई सिफारिस गरिएको छ ।

माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् । पोखरा–२५ हेमजा माइती भएकी उनी प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय भएकी हुन् ।

माओवादीले प्रस्ताव गरेकामध्ये विश्वप्रकाश यसअघि २०७४ सालको चुनावमा मेयरको प्रत्यासी थिए। कांग्रेससँग चुनावी तालमेल भएपछि उनले मेयर छाडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *