स्थानिय तह निर्वाचन : एक महानगर र चार उपमहानगरमा माओवादीको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकासहित र चार उपमहानगरपालिकामा नेतृत्व दावी गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी यस्तो दाबी गरेको हो ।

बैठकमा माओवादी नेता वर्षमान पुनले भरतपुर ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *