आचारसंहिता विपरीत माओवादीले चुनावी पोस्टरमा कुलमानको फोटो राखेपछि जनस्तरबाट चर्को विरोध

काठमाण्डाै ! नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट आज बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा प्रचण्ड, अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको हाे । डिजिटल पोस्टरमा ‘अँध्यारोबाट उज्यालोतर्फको यात्रा’, ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखिएको छ ।
निर्वाचन आचारसंहितामा सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । निर्वाचन आचारसंहिताको धज्जी उडाउदै कुलमानको तस्वीर पोस्टरमा राखेपछी जनस्तरबाट माओवादी केन्द्र र प्रचण्डको चर्को विरोध सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *