जिल्लामा एक पालिका र हरेक पालिकामा एक वडा अध्यक्ष महिला हुनुपर्ने माओवादी केन्द्रको मातहत कमिटीलाई सर्कुलर

काठमाडौं !  नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एक वडाध्यक्षमा महिला उम्मेदवार बनाउने भएको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सर्कुलर जारी गर्दै विजयको संभावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन्।

यस्तै अध्यक्ष प्रचण्डले सबै उम्मेदवारको सिफारिस बैशाख ५ गतेभित्र गरिसक्नुपर्ने परिपत्रमार्फत पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। यस्तै माओवादी केन्द्रले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको  उम्मेदवारको अन्तिम टुंगो केन्द्रीय कार्यालयले गर्ने भएको छ।  महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम पार्टीको प्रदेश समितिहरुको सर्वसम्मत भए एक एकजना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्न परिपत्रमा उल्लेख छ। यसरी आएको सिफारिसको अन्तिम निर्णय केन्द्रीय कार्यालयले गरी पठाउनेछ।
यसैगरी नगर र गाउँ पालिकाका प्रमुख र उपप्रमुख,अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित समितिहरुले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरुको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने परिपत्रमा भनिएको छ।
यस्तै, माओवादी केन्द्रले सत्ता गठबन्धन दलसँग तालमेल हुन नसकेका स्थानीय तहमा गठबन्धन दलसँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *