भरतपुर महानगरको मेयरमा माओवादीको दावी रहन्छ : अध्यक्ष दाहाल

चितवन ! चितवनका काँग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुमा आफूहरुको दावी रहेको स्पष्ट पार्नुभएको छ।

बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकले महानगरको विषयमा तालमेलको निर्णय हुने जानकारी दिंदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको दावी रहने उहाँले बताउनु भएको ।

चितवन पुग्नु भएका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्ने विषयमा छलफल अघि बढेको बताउनु भयो। काग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक भएको उहाँको जिकिर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *