`पिर´ गितबारे माओवादी नेता महरा भन्छन : माओवादीलाई सिध्याउन यो साम्राज्यवादीले ल्याएको गित हो

काठमाडौँ ! नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले पिर गित गायक प्रकाश सपुतले आफू नल्याएको बताएका छन् । बिहिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सपुतले ल्याएको पिर गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् ।

उनले भने, चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन ।उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *