प्रचण्ड सुर्खेत पुगेकै दिन त्यागे माओवादी केन्द्र कर्णालीका प्रमुख सचेतकले पार्टी

सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद ठम्मरले पार्टी र सांसद पद छोडेको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका विष्टले सांसद र पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

सदस्य बिष्टले माओवादी पार्टी विधि पद्धतीअनुसार नचलेको र चोरीको अभियोग लागेका गैह्र सांसदलाई मन्त्री बनाउने जस्ता गतिविधि केन्द्रीय नेतृत्वले गरेकाले पार्टी त्यागेको बताएका छन् । एमसीसी पास गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयले अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *