माओवादी केन्द्रको बैठक भोलिसम्मका लागि स्थगन

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित भएको छ। आइतबार बिहान बस्ने भनिएको केन्द्रीय समिति बैठकको समय सार्दा पनि बस्न नसकिने भएपछि भोलि (सोमबार) बस्ने गरी सरेको हो।

आज ११ बजे तय गरिएको बैठकमा पदाधिकारीहरुको टुंगो लगाउने अपेक्षा गरिएको थियो।  पदाधिकारीका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निवासमा नेताहरुको बैठक समेत बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *