माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

संसदबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी माओवादी केन्द्र पनि सहभागी भएपछि नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । यस क्रममा उनले पूर्व एकता केन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड रोक्ने प्रयासमा जारी राखेका छन् ।

बुधबार दिनभर पूर्व एकता केन्द्र र जनमोर्चा निकट नेताहरूबीच छलफल भएको थियो । पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

त्यस लगत्तै आज (बिहीबार) बिहान श्रेष्ठले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित उनकै निवास पुगेर भेटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *