एमसिसीका कारण पार्टी फुटको डिलमा पुगेपछि नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फकाउन मंगलबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रेष्ठ निवास हात्तीवन पुगेका छन् ।

अध्यक्ष प्रचण्डकै अगुवाइमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसद्बाट व्याख्यात्मक घोषणासहित पारित गरिएपछि रिसाएका श्रेष्ठले पार्टी नै छाड्ने सूचना चुहिएपछि उनलाई फकाउन प्रचण्ड हात्तीवन पुगेका हुन् ।

संसद्बाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार अध्यक्ष प्रचण्डले खुमलटार निवासमा पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा प्रचण्डले नेता श्रेष्ठले कार्यकर्ता र जनता बटुल्न त्यसो गरेको भनेर आरोप लगाएका थिए ।

तर, नेता श्रेष्ठले प्रचण्डले भनेको कुरालाई मानेनन् । उनले एमसीसी अनुमोदन भएकै रात सामाजिक सञ्जालमार्फत फागुन १५ कालो रात भन्दै विरोध जनाएका थिए ।

एमसीसीकै कारण प्रचण्ड–श्रेष्ठको सम्बन्धमात्रै होइन पार्टीका कयौँ नेतासँग प्रचण्डको सम्बन्ध चिसिन पुगेको छ । तर, उनीहरु सार्वजनिक रुपमा भने देखिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *