माओवादी केन्द्रभित्र विद्रोह शुरू, पार्टिले एमसिसी पारित गराएपछि जनप्रतिनिधिद्वारा राजीनामा

काठमाडौं ! कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन् भने भोलि बिहान १० बजे जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकोले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँमा आफ्नो अमुल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु । साथै देश बेच्नेहरूको वडाध्यक्ष पदबाट भोलि १० बजे जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *