सरकार उद्योगीको साथमा छ : उद्योगमन्त्री भण्डारी

काठ्माण्डौँ ! उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उहाँले सरकार र निजिक्षेत्र मिलेर जानुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले नितिगत सुधारका लागि सरकारले निजि क्षेत्रको सुझाव लिएको बताउनुभयो । उहाँले मन्त्रालय सुधार कार्ययोजना तयगर्ने बेला सबै क्षेत्रका व्याक्तिहरुसंग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताउनुभयो ।
उहाँले “आर्थिक मन्दी”का कारण व्यवसायीहरुलाई परेको आर्थिक संकटको समाधानगर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताउनुभयो । युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउदैँ उहाँले वर्तमान चुनौतिहरुलाई सम्भावनामा बदल्न आग्रह गर्नुभयो । युवाहरुले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उहाँको भनाई छ ।
मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानियतह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्यगर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
जनतामा “सरकार मेरो हो” भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उहाँले भन्नुभयो, “सरकार एमालेको, कांगे्रको वा अन्य कुनै दलको हो भन्ने होइन्, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ । सरकारबाट जनताले आशा राख्न छाड्नु हुदैँन् । बरु नितिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरु सच्याउछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउछौँ ।”
उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभा संखमुलमा आयोजना गरिएको हो ।