सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाले गरेको क्षतिप्रति मन्त्री भण्डारीद्धारा दु:ख व्यक्त

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबारदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भइरहेको लगातारको भारी वर्षाका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

मन्त्री भण्डारीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरेर दु:ख व्यक्त गर्नुभएको हो । उहाँले सुदूपश्चिम प्रदेशअन्तर्गत डडेल्धुराको परशुराम नगरपालिका–८ की १४ वर्षीया प्रतिमा धामी र डोटीकाे केआइसिंह गाउँपालिका–४ की आठ वर्षीया निर्मला चन्द बेपत्ता हुनुका साथै तीन जना घाइते र केही पशुचौपायासमेत मरेको घटनाले आफुलाई निकै दु:खित तुल्याएको विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

यसैगरी उहाँले केही दिनयता सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र मौसमविद्हका अनुसार अझै एक दिन निरन्तर वर्षाको सम्भावना रहेकाले प्राकृतिक विपद्को समयमा सबैलाई संयमित भई सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

“प्राकृतिक प्रकोपका कारण बेपत्ता भएकाहको तदारुकताका साथ खोजीमा लाग्न र विपद्का कारण भएको क्षतिको एकिन विवरण सङ्कलन गरी उद्धार तथा राहतलाई निरन्तरता दिन र त्यस्ता घटना हुने सम्भावित क्षेत्रका लागि तयारीमा रहन नेपाल सरकारका सम्बन्धित निकाय एंव त्यस क्षेत्रमा कार्यरत सबै संघ संस्थाहलाई आग्रह गर्दछु”, मन्त्री भण्डारीद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेकाले कैलालीका एक सय ४६ परिवारका पाँच सय ४७ जना विस्थापित भएका छन् भने कञ्चनपूरको दोधारा चादँनी, पुनर्वास र भिमदत्त नगरपालिकाका ८३ परिवारका दुई सय ४६ जना विस्थापित भएका छन् । यसैगरी बैतडीको दशरथचन्द नगरपालिका–११ बगलेखानमा चार घर जोखिममा परेका मन्त्री भण्डारीद्धारा प्रकासशत विज्ञप्तिमा उल्लेख छ ।

वर्षाकै कारण भिमदत्त पन्त राजमार्ग, जयपृथ्वीबहादुर सिंह राजमार्ग र डा केआइसिंह राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भई आवतजावत प्रभावित बनेको जनाइएको छ ।रासस